मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण लोकार्पण
पाेखरा | पुस २९, २०८०
पोखरा: मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ ।
पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे ।
मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन गरिएको थियो । गठित मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजकमा हाल पोखरा निवासी ७५ वर्षीय वीरेन्द्रकुमार हिराचन थिए । संकलित शब्दहरुको नेपाली–अंग्रेजी शब्दकोष र ब्याकरण भाषा आयोगले प्रकाशन गरेको हो ।
लोकार्पण समारोहमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मार्फाली थकालीको लागि ती पुस्तक ऐतिहासिक दस्तावेज हो भने । संविधानसभा सदस्य समेत रहेका उनले भाषा कमजोर हुँदै गए कुनै पनि जातिको पहिचान नै हराउने हुँदा संरक्षण गर्नुपर्नेमा जोड दिए । २०७८ को जनगणनामा नेपालमा १२४ राष्ट्रभाषा सूचिकृत भएको जनाउँदै उनले भाषाको संरक्षणमा आयोगले पालिकासँग मिलेर पनि काम गर्न तयार रहेको बताए ।
त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इंले भाषाको पुस्तान्तरण गर्दै जानुपर्ने सुझाव दिए । उनले कुनैको शब्द मिल्दैमा भाषा एउटै नहुने पनि जनाए ।
स्वागत मन्तव्य व्यक्त गर्दै मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले मार्फा थकालीका लागि यो दस्तावेज हो भने । कुनै पनि भाषाका लागि शब्द महत्वपूर्ण हुने बताउँदै उनले पुस्तककार दिन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
मार्फा थकाली समाजसेवा सदनका अध्यक्ष चन्द्र पन्नाचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षमेत रहेका संस्थाका वरिष्ठ सल्लाहकार राजेन्द्र लालचन, पूर्व अध्यक्ष ईश्वरलाल हिराचन, तीनगाउँले थकाली समाजका अध्यक्ष गणेश थकाली, साविक मार्फा गाविस अध्यक्ष मानबहादुर बिक लगायतले बोलेका थिए । कार्यक्रममा गोविन्द ज्वारचनले मार्फा थकाली भाषाको कविता सुनाए । कार्यक्रम संचालन सञ्चारकर्मी सुशील ज्वाराचनले गरेका थिए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

